बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बझाङ – बझाङमा भिरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको बुंगल नगरपालिका–८ स्थित जजल्ली कि अन्ताजि ५२ वर्षीया सर्मा देवि जागरीको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

शुक्रबार बेलुकी करिब ५ः३० बजेको समयमा घासकाट्ने क्रममा लडेर घटना स्थलमै ज्यान गएको परिवारीक स्रोतले जनाएको छ ।

Loading...