कञ्चनपुरमा स्कुटर, मोटरसाइकल र ट्याक्टर ठोक्किएर एकको मृत्यु, ५ घाइते

Image

धनगढी –  कञ्चनपुरमा स्कुटर, मोटरसाइकल र ट्याक्टर ठोक्किएर दुर्घटनामा एकको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका स्थित गुलरियाको जंगलमा म २ प ६१८९ नम्बरको स्कुटरलाई सुपप्र ०१००८ प १५८७ नम्बरको मोटरसाइकलले ओभरटेक गर्दा से २ प ८२० नम्बरको ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको हो । भने ५ जना घाइते भएका हुन् ।

गम्भिर घाइते भएका मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका कृष्ण साउँदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।ट्याक्टरमा सवार घोडाघोडी नगरपालिकाका ४ जना महिला र स्कुटर चालक बेदकोट नगरपालिका–३ का कोमलकुमार सिंह सामान्य घाइते भएका छन्। घाइतेको गुलरिया स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन