बझाङ: नेपाल पत्रकार महासंघ बझाङ शाखाको ८ औ वार्षिक साधारण सभा सदरमुकाम चैनपुरमा मा सम्पन्न भएको छ । उत्तरदायी पत्रकारीता सक्षम पत्रकार श्रममैत्रि सञ्चार सशत्त महासंघ भन्ने मुल नाराका साथ महासंघको ८ औ वार्षिक साधारणसभा चैनपुरमा सम्पन्न भएको हो ।जिल्ला समन्वय समिति बझाङका प्रमुख नर बहादुर बोहोराको प्रमुख आतिथ्यतामा सूरू भएको साधारणसभा सभामा जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजाल, सहायक प्रमुख जिल्ला अधिकारी प्रमोद चन, डिएसपि जागेश्वर भण्डारी लगायत जिल्ला स्थित सम्पुर्ण पत्रकार तथा संचारकर्मिहरुकोे सहभागिता रहेको थियो ।
पत्रकार महासंघ बझाङका अध्यक्ष शैलेन्द्र रोकायाको अध्यक्षतामा संचालन भएको साधारणसभामा महासंघका साधारण सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सचिव ललित सिंहले गरेका थिए। साधारण सभामा सागाठानीक प्रतिबेदन तथा आर्थिक प्रतेबेदनहरु प्रस्तुत गरिएका थिए ।साधारण सभाको खुला शत्र समापन पश्चात बन्द सत्र पनि आजै समापन भएको नेपाल पत्रकार महासंघ बझाङले जनाएको छ । बन्द सत्रमा सांगाठानिक प्रतिबेदन र आर्थिक प्रतिबेदनका बिषयमा छलफल गरी आगामी कार्यक्रमका बारेमा छलफल गर्दै समापन गरिएको सचिव ललित बहादुर सिहले जानकारी दिए ।