बझाङको तलकाेट गाउँपालिकामा आयुर्वेदकाे घुम्ती शिविर सम्पन्न

Image

उत्तम कुमार थापा – बझाङ बझाङको तलकाेट गाउँपालिकामा घुम्ती शिविर सम्पन्न भएको छ । तलकाेट गाउँपालिकाकाे वडा नम्बर ६ मा तलकाेट गाउँपालीका आयुर्वेद शाखा र वडा नम्बर ६ कार्यालयकाे समन्वयमा घुम्ती शिविर सञ्चालन भएको थियाे । वडा अध्यक्षकाे सँयाेजगत्वमा सञ्चालन भएको शिविर सम्पन्न भएको आयुर्वेद शाखा प्रमुख प्रकाश बिष्टले बताए ।

गाउँपालिकाकाे विभिन्न बस्तीमा सञ्चालन गरिएको आयुर्वेद शाखाकाे आयाेजनामा सञ्चालन गरिएको घुम्ती शिविरमा प्रत्येक टाेलमा गएर अपांग जेष्ठ नागरिक महिला विद्यार्थी लगाएतले सेवा लिएको उहाले बताए । यहीँ २५ गते देखि सञ्चालन भएको शिविर २८ गते सम्पन्न भएको हाे । शिविरमा वडा नम्बर ६ का जनसमुदाय र तलकाेटका विभिन्न जनसमुदायले सेवा लिएकाे प्रकाश बिष्टले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन