नेपाल टेलिकम बझाङबाट पनि इ–सिम वितरण सुरु

Image

बझाङ – मंसिर २१ !
नेपाल टेलिकमले बझाङ पनि आज बाट ग्राहकहरूलाई निःशुल्क इ–सिम वितरण सुरु गरेको छ । फिजिकल सिम प्रयोग गरिरहेका ग्राहकहरूले पोस्टपेड र प्रिपेड सिम हाल प्रयोग गरिरहेकै नम्बरलाई निःशुल्क इ–सिममा परिवर्तन गर्न सकिने नेपाल टेलिकम बझाङले जनाएको छ । प्रिपेडको हकमा पुरानै प्रयोगमा भएको नम्बरलाई ई सिम बनाईने भएको छ भने नयाँ पोस्टपेड सिम लिन चाहने ग्राहकले भने बिक्री मूल्यमै इ–सिम पाउने भएको छन । आज पहिलो दिन सदरमुकाम चैनपुरका एक व्यापारी रामदत्त भट्टले ई सिम प्रयोग गर्नु भएको छ ।
यो सिमले मोवाईलमा सिम हालि रहनु पर्ने झन्झट हटेको छ । क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र इ–सिम प्रयोग गर्न सकिने छ । आफ्नो मोवाईलमा इ सिम चल्छ चल्दैन भन्ने थाहा पाउन आफ्नो मोबाइलबाट ८३ण्ट३ डायल गर्नुपर्दछ । यसरी डायल गर्दा मोवाईलमा इआइडी लेखिएको संकेत सहित नम्बरहरू देखियो भने उक्त सेटमा इ–सिम चल्छ भनी थाहा पाउन सकिने जनाईएको छ । मोबाइल सेटमा इ–सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ । सिम लिनु भन्दा पहिले पहिले आफ्नो मोबाइल सेटमा इ–सिम चल्ने÷नचल्ने यकिन गरेर मात्र इ–सिमका लागि नेपाल टेलिकम शाखा बझाङमा आउन अनुरोध गरेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन