Jayaprithvi Municipality

बझाङबाट धनगढी जाँदै गरेको जीप बैतडीमा दुर्घटना , एकैघरका तीन सहित चारजना घाइते

बझाङ – मंसिर २१ ! 
बझाङबाट धनगढी जाँदै गरेको से १ च १२२६ नम्बरको जीप बैतडीमा दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

जिल्लाको बुङ्गल नगरपालिकाबाट धनगढी जाँदै गरेको जीप जयपृथ्वी राजमार्गमा पर्ने बैतडीको सुर्नया ६ मोतिनगर बजार नजिकै दुर्घटना हुँदा एकैघरका तीन जना सहित चारजना घाइते भएका हुन् ।

उक्त दुर्घटनामा परी बझाङको बुंगल नगरपालिका ९ की ४० वर्षीया नर्मा पातली, सोही ठाउँकी ७० वर्षीया काली पातली, ४५ वर्षीय नरपती पातली र चालक समेत रहेका बझाङको केदारस्यूँ गाउँपालिका ५ का २० वर्षीया धन बहादुर गुर्धामी घाइते भएका छन् । घाइते नर्मा, काली र नरपती एकै घरका हुन् । घाइते नरपती र काली पातलीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

उघाइतेहरुलाई उपचारका लागि डडेल्धुरा लगिएको प्रहरी चौकी खोडपेका इन्चार्ज गणेश बहादुर बिकले जानकारी दिए । जिप सडकबाट करिब पचास मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

Purai Bungal
Bithadchir 2
Jayaprithivi
Loading...