बैतडी । बैतडीमा जिप दुर्घटना भएको छ । जिल्लाको देहीमाण्डौं–गिरेगडा सडकको दशरथचन्द नगरपालिका वडा नम्बर ९ सैनखान नजिकै से १ ज २१३९ नम्बरको जिप शनिबार बिहान दुर्घटनामा परेको हो ।
जिप सडकबाट २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । जिपमा ४२ बर्षीय मोहनसिंह बोहरा मात्रै रहेका र उनी सकुशल छन्। कुखुरा पुर्याएर देहीमाण्डौं तर्फ फर्किएको जिप दुर्घटनामा परेको हो। दुर्घटनाको कारण भने खुलेको छैन ।
प्रतिक्रिया जनाउनुहाेस्