बझाङको थलारा गाउँपालिकामा दुईदिने विपद जोखिम व्यवस्थापन सम्बन्धि क्षमता अभिवृद्धि तालिम सम्पन्न
गाउँपालिकामा विपद जोखिम सम्बन्धि सरकारी संरचना गुणस्तरीय बनाउने र समुदायमा विपद सम्बन्धि जनचेतना जगाउने उदेश्यले तालिम गरिएको हो
मंसिर १७ – बझाङ, थलारा !
बझाङको थलारा गाउँपालिकामा २ दिने विपद जोखिम व्यवस्थापन सम्बन्धि क्षमता अभिवृद्धि तालिम शुक्रबार सम्पन्न भएको छ । युनाइटेड मिसन टु नेपाल कोडेडको आर्थिक सहयोग र प्रगतिशिल युवा समाज विपद जोखिम व्यवस्थापन परियोजनाको आयोजनामा तालिमको आयोजना गरिएको हो ।
गाउँपालिकामा विपद जोखिम सम्बन्धि सरकारी संरचना गुणस्तरीय बनाउने र समुदायमा विपद सम्बन्धि जनचेतना जगाउने उदेश्यले तालिमको आयोजना गरिएको युएमएन (UMN) बझाङ कलष्टर टिम लिडर ज्योति चपाइले बताउनुभयो ।
बिहीबारदेखि थलारा गाउँपालिका उपाध्यक्ष रामबहादुर खातीको अध्यक्षतामा सुरु भएको दुईदिने तालिममा ९ वटै वडाका वडाध्यक्ष, कार्यपालिका समस्य, प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डित लगायत विषयगत शाखा प्रमुखको सहभागीता रहेको थियोे ।
सहभागीलाई विपद जोखिम व्यवस्थापन परियोजना अधिकृत अनिता अधिकारी युनाइटेड मिसन टु नेपालका रामनाथ ओझाले विपद जोखिम न्यूनीकरण सम्बन्धि प्रशिक्षण गर्नुभएको थियोे । कार्यक्रम सञ्चालन परियोजनाका फिल्ड सहजकर्ता पदम विष्टले गर्नुभएको थियोे ।