बझाङको छबिसपाथिभेरा गाउँपालिकामा करेन्ट लागेर एकजनाको मृत्यु

बझाङ ; बझाङको छबिसपाथिभेरा गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ बगडगाउमा शुक्रवार दिउसो करेन्ट लागेर सोही वडाको गिठिपाटा घर भएका ४० बर्षिय शिबहरी गिरीको मृत्यु भएको हो ।

उनको शुक्रबार आज दिउसो शडकमा काम गर्दै गर्दा रूखको हाँगा काट्ने क्रममा बिजुलिको तारमा छोएर करेन्ट लाग्दा घाइते भएका थिए । घाइते गिरीको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

janahit ma jari sandesh
Masta R.M
Loading...