धनगढीमा ग्रेडरले कुल्चिदा एक विद्यार्थीको घटनास्थलमै मृत्यु

धनगढीमा ग्रेडरले कुल्चिदा एक बिद्यार्थीको मृत्यु भएको छ ।

धनगढी ५ पञ्चोदय मा.बि.हसनपुरको कक्षा ८मा अध्यनरत धनगढी ५ तारानगरकी चेतना साउदलाई ग्रेडरले कुल्चिदा बिद्यार्थीको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरिक्षक बेदप्रकाश जोशीले जानकारी दिएका छन् ।

धनगढीको हसनपुर पिपलचौतारा सडकखण्ड पिच काम भैरहेकोले निर्माण कार्यमा रहेको ग्रेडरले बहीबार बिहान डोजरले साइकलमा स्कुल गइरहेका बेला ठक्कर दिदा विद्यार्थीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दार्चुला घर भइ हाल धनगढीको जाईमा आफन्तको घरमा बस्दै आएकी थिइन् ।

janahit ma jari sandesh
Masta R.M
Loading...