विवाह पञ्चमीको अवसरमा राष्ट्रपति भण्डारीको शुभकामना

Image
The President of Nepal, Ms. Bidya Devi Bhandari meeting the President, Shri Pranab Mukherjee, at Rashtrapati Bhavan, in New Delhi on April 18, 2017.

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले विवाह पञ्चमीका अवसरमा शुभकामना व्यक्त गरेकी छन्। शुभकामना सन्देशमा जारी गर्दै राष्ट्रपति भण्डारीले जनकपुरको विशेष पर्व विवाह पञ्चमीले सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना प्रगाढ बनाउन विवाह पञ्चमीले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेकी छन्।

‘विवाह पञ्चमीले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधता बीचको एकता सुदृढ पार्न, मौलिक संस्कृतिको संरक्षण एवं संवर्धन गर्न तथा सबै नेपालीहरूमा सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु’, सन्देशमा उल्लेख छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन