मुक्तक ; गाउँ घर नै छोडी दिन्छन नेता बनेपछी , राजेन्द्र

✍️ राजेन्द्र बोहरा `सम्राट ´ बझाङ

मुक्तक
१)
गाउँ घर नै छोडी दिन्छन नेता बनेपछी ।
खाएका बाचा कसम सजिलै तोडि दिन्छन नेता बनेपछि ।।
हिजो अस्ति घर खर्च चलाउन हम्मे हम्मे पर्नेले।।
तर आज काठमाडौँमा घरेडि धनगढीमा घर जोडि दिन्छन नेता बनेपछि ।।

२)
बन्नु छैन नेता गर्नु छैन भ्रष्टाचार मलाइ यस्तै ठिक छ ।।
सकु आफ्नो जस्तै आधार मलाइ यस्तै ठिक छ ।।
करोडौं बनाउन जनता को मन दुख्ने भ्रष्टाचार गरि मैले ।।
गर्नु छैन आफन्त लाई पार मलाइ यस्तै ठिक छ ।।

३)
उनको मिठो मुस्कान भित्र पिर रहेछ के थाहा।
मन भित्रै गुम्सिने बिछोड को तिर रहेछ के थाहा।।
यति सम्म आफ्नी भनी माया गरिरहे उनीलाई ।।
तर दिल भित्रै टिक्न नसक्ने भिर रहेछ के थाहा ।।

४)
आफन्त लाई आफ्ना जस्ता बनाउनु छ एकदिन ।।
धोको फेरि बेस्सरी रमाउनु छ एकदिन ।।
पैसा अनि सम्पती छैन भनी छोड्नेहरु आज ।।
पछि पछि लागुन यति धेरै कमाउनु छ एकदिन ।।


मन मिल्छ अरु सबै मिल्छ र पो जात मिल्दैन ।
खै किन हो गरिब भनी हेपि हाल्छन र पो औकात मिल्दैन ।।
म कहाँ गाउँको उनी कता सहर कि फरक भै हाल्यो ।
मेरो गाउँमा एक दुई जना उनको भिडै भिड र पो जमात मिल्दैन ।।

लेखक बोहरा बझाङको थलारा गाउँपालिका ४ का हुन ।।
उनी लामोसमयदेखि साहित्य लगायत अन्य विषयमा कलम चलाउँदै आएका छन ।

यदि तपाइलाई पनि आफ्नो लेखहरू यसरी नै प्रकाशित गर्नु परेमा सम्झनु होला गणतन्त्र आवाज डटकमलाई , हामी प्रकाशित गरिदिने छौ ।
लेख पठाउनका लागि
mail:- [email protected]

 

Loading...