बझाङमा घाँस काट्ने क्रममा लड्दा गम्भीर घाइते भएकी महिलाको मृत्यु

Image

बझाङमा घाँस काट्ने क्रममा लड्दा गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ । जिल्लाको सुर्मा गाउँपालिका- ५ की २७ वर्षीया मालती बोहरा घाँस काट्ने क्रममा चिप्लेर लड्दा गम्भीर घाइते थिइन् । उनलाई उपचारका लागि धनगढी लैजादै गर्दा बित्थडमा मृत्यु भएको हो ।

बोहरालाई जिल्ला अस्पताल बझाङमा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको थियोे । तर उनको बाटोमै मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।

आइतबार बिहान गाउँ नजिकैको पातिलेक भन्ने जङ्गलमा घाँस काट्ने क्रममा चिप्लेर लड्दा मालतीको टाउकोमा गम्भीर चोट लागेको उनका श्रीमान् धर्बेन्द्र बोहराले जानकारी दिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन