बझाङमा एक महिला घाँस काट्ने क्रममा लड्दा गम्भीर घाइते

Image

बझाङमा एक महिला घाँस काट्ने क्रममा लड्दा गम्भीर घाइते भएकी छन् । जिल्लाको सुर्मा गाउँपालिका- ५ की २७ वर्षीया मालती बोहरा घाँस काट्ने क्रममा चिप्लेर लड्दा गम्भीर घाइते भएकी हुन् ।

घाइते  बोहराको जिल्ला अस्पताल बझाङमा उपचार सम्भव नभएपछि धनगढी रिफर गरिएको परिवार स्रोतले जनाएको छ ।

गाउँ नजिकैको पातिलेक भन्ने जङ्गलमा घाँस काट्ने क्रममा चिप्लेर लड्दा मालतीको टाउकोमा गम्भीर चोट लागेको उनका श्रीमान् धर्बिन्द्र बोहराले जानकारी दिए ।

आफ्नो आर्थिक अबस्था निकै कमजोर भएकाले घाइतेको उपचारका लागि सहयोग गरिदिन उनका श्रीमान् धर्बिन्द्रले अपिल गरेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन