बैतडीमा अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता हुने ,प्रथम पुरस्कार नगद १ लाख २५ हजार

बैतडी –बैतडीमा जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता हुने भएको छ । मंसिर २५ गतेदेखि मैनेजर तेजबहादुर चन्द स्मृति भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको ट्रष्टका सचिव विनोदबहादुर चन्दले बताए ।

मैनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा हुने उक्त प्रतियोगिताका जिल्लाका १० ओटै स्थानीय तहबाट पालिकाको एक टीम सहभागी गराइने भएको छ। प्रतियोगितामा प्रथम हुने टीमलाई नगद १ लाख २५ हजार ट्रफी र प्रमाण पत्र, दोश्रो हुनेलाई नगद ७५ हजार र ट्रफी प्रमाण पत्र, तथा तेश्रो हुनेलाई नगद ३५ हजार ट्रफी प्रमाण पत्र, वितरण गरिने ट्रष्टले जनाएको छ ।

खेल दशरथचन्द खेलमैदान सुन्दरखालीमा चल्नेछ । सहभागि हुने टीमलाई मंसिर २० गतेभित्र टीम दर्ता गरिसक्न आग्रह गरीएको छ । ट्रष्टले प्रत्येक बर्ष प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

Samajik
Bithadchir 2
Loading...