बैतडीको सुर्नयाका प्रत्येक वडामा निशुल्क ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन

Image
फाइल तस्विर

बैतडी ;  बैतडीको सुर्नया गाउँपालिकाका प्रत्येक वडामा रहेका स्वास्थ्यचौकीहरुमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन भएको छ । आज (आइतबार)देखि विभिन्न स्वास्थ्य संस्थाहरुमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन गरीएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।

गर्भवती आमाहरुको स्वास्थ्य स्थितीका बारेमा थाहा पाउनका लागि निशुल्क रुपमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन गरीएको महराले बताए ।ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम अन्तर्गत मंसिर ११ आज गते रौलेश्वर स्वास्थ्यचौकीमा चेकजाँच गरिनेछ । यस्तै मंसिर १२ गते भौनेली स्वास्थ्यचौकी, मंसिर १३ गते वासुलिंग स्वास्थ्यचौकी, मंसिर १४ गते वासुदेव आधारभूत स्वास्थ्य केन्द्र र मंसिर १५ गते हटैराज स्वास्थ्यचौकीमा कार्यक्रम सञ्चालन हुने बताइएको छ । यस्तै मंसिर १८ गते शंकरपुर स्वास्थ्यचौकी, मंसिर १९ गते शिखरपुर सामुदायिक स्वास्थ्य इकाइ, मंसिर २० गते शिखरपुर स्वास्थ्यचौकी र मंसिर २१ गते भूमीराज आधारभूत स्वास्थ्य केन्द्रमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

गर्भावस्थामा हुन सक्ने जटीलताका बिषयमा समयमै पत्ता लगाई मातृ मृत्यु र शिशु मृत्यु रोक्नका लागि अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन गर्न लागेको उनले बताए । अल्ट्रासाउण्ड गर्दा पेटमा रहेको बच्चाको स्वास्थ्य अवस्थाका बिषयमा पनि थाहा हुने भएकाले आफ्नो स्वास्थ्य चेक जाँच गराउन आफ्नो नजिकको स्वास्थ्य संस्थामा कार्यक्रम सञ्चालन भएको दिन उपस्थित भएर आफ्नो स्वास्थ्य चेकजाँच गराउन सबै गर्भवती आमाहरुलाई आग्रह समेत गरिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन