दार्चुलामा समानुपातिकतर्फको मत गणनामा एमालेकोे सबैभन्दा बढी मत !

Image

बैतडी ; दार्चुलामा प्रदेश र प्रतिनिधिसभातर्फको सामानुपातिक निर्वाचन प्रणाली अन्तरगतको मतगणनामा नेकपा एमालेले सबैभन्दा बढी मत पाएकोे छ । एमालेले २४ हजार ८८३ मत पाएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २० हजार ६५५ मत पाएको छ भने नेकपा माओवादी केन्द्रले आठ हजार १९० मत पाएको छ।

अन्य ४४ राजनीतिक दलले प्रतिनिधिसभा सामानुपातिक निर्वाचन प्रणालीतर्फ दार्चुलाबाट एक हजार भन्दा कम मत प्राप्त गरेका छन्। जिल्लामा प्रतिनिधिसभा समानुपातिकतर्फ ५८ हजार ९९१ मत खसेको थियो। खसेका जम्मा मतमध्ये ५६ हजार ५२२ सदर र दुई हजार ४६९ मत बदर भएका छन्। प्रदेशसभा सामानुपातिकमा ठुलो मतान्तरले पहिलो स्थानमा रहेको एमाले प्रतिनिधिसभामा पनि प्रदेशमा पाएकोभन्दा बढी मतसहित पहिलो स्थानमा नै छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन