दोधारा चाँदनी झोलुङ्गे पुलमा लडेर एक वृद्धाको मृत्यु

Image

कञ्चनपुरस्थित मा दोधारा चाँदनी झोलुङ्गे पुलमा लडेर एक महिलाको ज्यान गएको छ ।

पुलको फलामे पट्टामा खुट्टा अड्किएर खसेकी दोधाराचाँदनी नगरपालिका–७ की ७० वर्षीया वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दोधाराचाँदनी नगरपालिका–७ की अमृता मगरको पुलमा लडेपछि घटनास्थलमै मृत्यु भएको थियो ।

महाकाली नदीमा निर्माण भएको दक्षिण एसियाकै दोस्रो लामो मानिने उक्त झोलुङ्गे पुल जीर्ण अवस्थामा पुगेकाले जोखिम बढेको प्रहरीले बताएको छ । पुल जीर्ण हुँदा स्थानीयलाइ वारपार तथा आवतजावत गर्न सकस भएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन