बझाङ ; अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य एवं सुदुरपश्चिम विश्वविद्यालय इकाई कमिटी अध्यक्ष चेतन ऐडिको हत्यारालाई कडा कार्वाहीको माग गर्दै बझाङको सदरमुकाम चैनपुरमा विरोध प्रदर्शन गरिएको छ ।
अनेरास्ववियु जिल्ला कमिटी बझाङले शनिबार सदरमुकाम चैनपुरमा ऐडीको विभत्स हत्या गरेको घटनाको छानविन गरी दोषीलाई कारवाहीको माग गरिएको हो । “सम्पुर्ण देशभक्त प्रगतिशील तथा जनवादी विद्यार्थी एक हौं, हत्यारालाई कार्वाही गर, चेतन ऐडिलाई न्याय दे, बाजुरेली काङ्ग्रेस मानवता खोइ? बाजुरा प्रशासन मुर्दावाद, गठबन्धन सरकार मुर्दावाद लगायतका नारा लगाउँदै सदरमुकाम चैनपुरमा शान्तिपुर्ण प्रदर्शन गरेको छ ।
ऐडिको हत्यारालाई तत्काल सार्वजनिक गर्न अनेरास्ववियु जिल्ला कमिटी बझाङले जोडदार माग गरेको छ । चेतनका आफन्तले हत्यामा संलग्न भएको भन्दै २२ जना बिरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा किटानी जाहेरी दर्ता गराएका छन् । २२ जना मध्ये २ जनालाई प्रहरीले प्रक्राउ गरि अनुसन्धान शुरु गरेको छ । चेतनका गगनले भने घटनाका मुख्य योजनाकार प्रक्राउ नपर्दा सम्म शव नबुझ्ने वताइरहेका छन् । शव अहिले अस्पताल बाजुराको शवगृहमा राखिएको छ ।
नेकपा एमाले बाजुराले पनि चेतनको हत्यारालाइ प्रक्राउ गरि दोषि माथि कार्यवाहिको माग गर्दै मंसिर ५ गते देखी बाजुरामा आन्दोलन गरिरहेको छ । मंसिर ४ गते त्रिवेणी ७ मा नाटेश्वरी आधारभुत बिद्यालयमा मतदानको बिबादलाई चेतनको घरमा पुगेर साँझ कुट्पिट गरेर हत्या गरेका थिए ।