बैतडी ;मा शुक्रबार जिप दुर्घटनामा भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिकाबाट जन्ती बोकेर आइरहेको जिप सुर्नया गाउँपालिका ८ पातलखोला भन्ने स्थानमा दुर्घटना भएको हो ।
सुपप्र ०१००१ ज १३५४ नम्बरको जिप सडकबाट केही तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ४१ वर्षीय चालक मानबहादुर साउद घाइते भएका छन् । घाइते साउदको खुट्टा र कम्मरमा चोट रहेको प्रहरीले जनाएको छ ।
जिपमा सवार अन्य भने सकुशल रहेको प्रहरीले जनाएको छ । कच्ची सडकमा जिप पल्टेको हो । अहिले घटनास्थलतर्फ प्रहरी गएको र थप विवरण आउन बाँकी रहेको ढोल्यामोड प्रहरी चौकीले जनाएको छ ।