बझाङको बुङ्गल नगरपालिकामा एक किशोरी झुण्डिएको अवस्थामा मृत फेला

१३ वर्षिया छोरी रोशनी धामी बिहीबार साँझ ५ बजेतिर आफ्नै घरको ढोकामा झुण्डिएको अवस्थामा मृत अवस्थामा फेला परेकी हुन्

 

बझाङको बुङ्गल नगरपालिकामा एक किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेकि छन् ।
बुङ्गल नगरपालिका ६ बगालिबगर घर भएका जस्मल धामीकी १३ वर्षिया छोरी रोशनी धामी बिहीबार साँझ ५ बजेतिर आफ्नै घरको ढोकामा झुण्डिएको अवस्थामा मृत अवस्थामा फेला परेकी हुन् ।

रोशनी प्लाष्टिकको डोरिमा झुन्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेश अवस्थीले जानकारी दिनुभयो ।

किशोरीका आमाबुबा रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका बुझिएको छ , घरमा  रोशनी र उनको सानो भाइ मात्र थिए ।

घटनाको कारण खुलेको छैन । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बझाङ लगिएको र घटनाको थप विवरण पोस्टमार्टम रिपोर्ट पछि मात्रै जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

Loading...