बैतडी – स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई १ हजार ८१३ मतले पछि पार्दै बैतडी प्रदेश सभा (क) मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाल विजयी भएका छन् । विजयी पालले १२ हजार ८३१ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले ११ हजार १८ मत प्राप्त गरे ।
नेपाली कांग्रेसका बिरबहादुर बिष्टले १० हजार ९५३ मत प्राप्त गरे । यो क्षेत्रमा ४० हजार १५५ मत खसेको थियो । प्रदेशसभा (ख) तर्फ भने गठबन्धनबाट कांग्रेश उम्मेदवार शिवराज भट्टले एमालेका लिलाधर भट्टलाई पराजीत गर्दै विजयी भएकाछन् ।