प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मौन अवधि सुरु, प्रचार पूर्णरूपमा निषेध, मदिरामा प्रतिबन्ध!

Image

काठमाण्डोै;  प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि गएराति १२ बजे मौन अवधि सुरु भएको छ । निर्वाचन कसुर तथा सजाय ऐनअनुसार मतदानअघिको ४८ घण्टालाई ‘स्थिर समय’ भनिएको छ । स्थिर समयमा दल तथा उम्मेदवारको पक्षमा कुनै पनि निर्वाचन सामग्री प्रचार गर्न पाइँदैन।

मंसिर ४ गतेको बिहान ७ देखि साँझ ५ बजेसम्म हुने मतदानअघिको ४८ घण्टा अर्थात् बिहीबार राति १२ बजे मौन अवधि सुरु भएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यो अवधिमा दल तथा उम्मेदवारको पक्षमा छलफल, अन्तरक्रिया, सभा–सम्मेलन, कार्यशाला र गोष्ठी गर्न नपाइने जानकारी दिए  ‘मतदानस्थलअघि राखिएका दल तथा उम्मेदवारका प्रचारप्रसार सामग्री पूर्णरूपमा हटाउनुपर्छ।’आयोगले उम्मेदवार, दल, भ्रातृ संगठनले सामाजिक सञ्जालमार्फत गरेका विज्ञापन तथा प्रचार सामग्री पूर्ण रूपमा हटाउनुपर्ने बताएको छ ।

यो अवधिमा सामाजिक सञ्जाल, छापा वा अन्य कुनै माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि सन्देश सूचना प्रचार सामग्रीलगायत लाइक र कमेन्ट गर्न समेत पाइँदैन। आयोगले मौन अवधिमा मदिरा बिक्री–वितरण र सेवनमा निषेध गरेको छ । मतदान तथा मतगणनाका वेला शान्ति कायम राख्न मतदानको समयभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा निषेध गरेको प्रवक्ता पौडेलले जानकारी दिए ।

प्रतिक्रिया जनाउनुहाेस्