गठबन्धनबाट बैतडी प्रदेश सभा क्षेत्र नम्बर ”ख” का उम्मेदवार भट्टको चुनावी अभियानमा एमालेको आक्रमण गर्ने प्रयास !
बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ चैंसिर गाँउमा नेपाली काङ्ग्रेस बैतडीका नेता तथा सत्तागठबन्धनबाट प्रदेश सभा क्षेत्र नम्बर ख का उम्मेदवार शिवराज भट्टको चुनावी प्रचार अभियान चलिरहँदा नेकपा एमालेका कार्यकर्ताहरुले आक्रमण गर्ने प्रयास गरेका छन् । भट्टले घरदैलो अभियान चलाइरहेका बेला बिहिबार साँझ नेकपा एमालेका कार्यकर्ताहरुले मदिरा सेवन गरेर आक्रमण गर्न खोजेको बताएका छन् ।
”बिहिबार बिहानैदेखि दशरथचन्द नगरपालिकाका हटैराज, पितथला, कलौन, पालि हुदै चैंसिरगाँउ पुगेर त्यस टोलका दाजुभाइ, मत माग्ने काम गरिरहेको बेला नेकपा एमालेका कार्यकर्ताहरु २०–३० जनाको समूहमा ढुङ्गामुढा र लाठि समेत लिएर फिल्मी शैलीमा आक्रमण गरे’, नेपाली काङ्ग्रेसका नेता कमलेस भण्डारी भने ।
हार्ने डरले काँपेको एमालेले अलोकतान्त्रिक तरिकाले आफुलाई प्रचारमा रोक लगाउन गुण्डा परिचालन गरिएका प्रदेश सभा सदस्य उम्मेदवार भट्टको भनाई छ ।