बैतडी । जिल्ला समुन्वय समिति बैतडीका सदस्य एवं पाटन नगरपालिका ९ का वडा सदस्य प्रेम सिंह भाटले समाजिक सञ्जालमा भ्रम फैलाएका आरोप लागेको छ । पाटन ९ का निवर्तमान वडा अध्यक्ष एवं निर्वातमान नगर प्रबक्ता समेत रहेका लोकेन्द्र भण्डारीलाई स्थानीयहरुले लखेटेको भन्दै फेसबुकमा पोष्ट गरेर भ्रम फैलाएको अरोप लागेको हो ।

समाजिक सञ्जाल फेसबुकमा ‘निर्वतमान पाटन नगरपालिका बैतडीका प्रबक्ता लोकेन्द्र भण्डारी भर्खरै बल्लासौँबाट लखेटिए’ भन्दै पोष्ट गरेका थिए । यस बिषयमा लोकेन्द्र भण्डारीले आफुहरु नेता कार्यकर्तासहित चुनाव प्रचार प्रशारमा वडा नं १ र ७ मा रहेको र प्रचार प्रशारमा कुनै त्यस्तो घटना नभएको बताएका छन् । भाटले बिना प्रमाण र बिना आधारमा भ्रम फैलाएको भण्डारीले बताएका छन् ।

यस विषयमा ब्याक्तिगत चरित्र हत्या हुने गरी किन अपबाह फौलाएको भनेर कुन श्रोतको आधारमा लेखेको भनेर फोनबाट सोध पुझ गर्दा अपसब्द गालि गलौज समेत गरेको ले आफु कानुनी उपचार खोज्ने समेत उनले बताएका छन् । यता प्रेम सिंह भाटले भने फेरी समाजिक सञ्जालमा सच्याएको भन्दै ‘पाटन १ बल्लासौँ बाट लखेटिए’ भनेर पोष्ट सच्याएका छन् ।

video link : https://youtu.be/LU0GSbU9gGQ

Loading...