एमाले अध्यक्ष ओली आज बैतडी आउँदै, सुदूरपश्चिमका तीन चुनावी सभालाई सम्बोधन गर्ने

Image

बैतडी– नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज बैतडी आउने भएका छन् । नेकपा एमाले जिल्ला कमिटि बैतडीको आयोजनामा पाटनमा हुने विशाल चुनावी आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली बैतडी आउन लागेका हुन्।

ओली आज दार्चुलाको खलंगामा आमसभा सम्बोधन गरेपश्चात दिउँसो बैतडीको पाटन हुँदै कञ्चनपुर पुगेर तीन वटा आमसभा सम्बोधन गर्ने तयारी रहेको छ ।अध्यक्ष ओली आउने भएपछि पाटन बजार र चुनावी आमसभा स्थल पाटनको खुल्ला मञ्च अहिले सिंगारिएको छ । पाटनमा आयोजना हुने विशाल आमसभाका लागि सबै तयारीहरु पुरा भैसकेको एमाले बैतडीले जनाएको छ ।

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर राखिएको चुनावी आमसभालाई एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने बताइएको छ । ओलीको हातबाट टिका लगाएर धेरै मानिस एमाले प्रवेस गर्ने तयारीमा रहेको बताइएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन