अछाममा नेकपा एसका जिल्ला अध्यक्ष सिंगो टीमसहित  एमालेमै फर्किए 

Image

बैतडी । नेकपा एकीकृत समाजवादीका अछाम जिल्ला कमिटीका अध्यक्षसहित सवै नेता–कार्यकर्ता नेकपा एमालेमै फर्किएका छन । नेकपा एमाले केन्द्रीय कार्यालय च्यासलमा आज सो पार्टीका जिल्ला अध्यक्ष हिरण्ड भट्टराईसहित जिल्ला कमिटीका अधिकांश नेताहरु एमालेमै फर्कनु भएको हो ।

नवप्रवेसी नेकपा एसका नेताहरुलाई नेकपा एमालेका महासचिव शंकर पोखरेल, सचिव तथा सुदुरपश्चिम इञ्चार्ज लेखराज भट्टसहितका नेताहरुले पार्टीमा स्वागत गर्नुभयो । कार्यक्रममा नेकपा एसका जिल्ला कमिटीका अधिकांश नेताहरु एमाले फर्किएको घोषणा गरेका छन । कार्यक्रममा बोल्दै भट्टराईले नेकपा एसमा लागेर गम्भीर भूल भएको र सो पार्टी कम्युनिष्ट हुनै नसक्ने तथ्यहरु देखेकोले एमालेमै फर्किएको बताउनु भयो ।

प्रतिक्रिया जनाउनुहाेस्