खर्च विवरण नबुझाउने १ लाख २३ हजार जनामाथि कारबाही

काठमाण्डौ – निर्वाचन आयोगले पालिका चुनावको खर्च विवरण नबुझाउने उम्मेदवारमाथि कारबाही गरेको छ ।आयोगले आज शुक्रवार एक विज्ञप्ति निकालेर एक लाख २३ हजार ६ सय २४ जना उम्मेदवारमाथि कारबाही गरेको जानकारी दिएको हो । खर्च विवरण नबुझाउने उम्मेदवारले आयोगलाई सात लाख ५० हजारदेखि डेढ लाख रुपैयाँसम्म जरिबाना तिर्नुपर्नेछ ।

आयोगले महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारलाई सात लाख ५० हजार रुपैयाँ, उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारलाई पाँच लाख ५० हजार रुपैयाँ, नगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारलाई चार लाख ५० हजार रुपैयाँ, गाउँपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारलाई तीन लाख ५० हजार रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको छ ।

यो जरिबाना रकम ६ महिनाभित्र पेस गर्नुपर्ने आयोगको विज्ञप्तिमा उल्लेख छ ।

Hohel Kananga
Loading...