बैतडीमा मंगलबार आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन हुने

बैतडी – स्वास्थ्य कार्यालय बैतडीको आयोजना र गेटा आँखा अस्पताल धनगढीको प्राविधिक सहयोगमा बैतडीमा आज मंगलबार निशुल्क आँखा उपचार तथा अप्रेशन शिविर सञ्चालन हुने भएको छ।

मंगलबार र बिहिबार जिल्ला अस्पतालमा शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । त्यस्तै वैशाख २ र ३ गते केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा शिविर सञ्चालन हुनेछ भजे वैशाख ५ र ६ गते आँखा उपचार केन्द्र पाटनमा शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवन जोशीले बताए ।

शिविरमा आँखाको निशुल्क उपचारका साथै मोतीविन्दुको शल्यक्रिया गरिने छ । आँखाको समस्या भएका नागरिकलाई स्थानीयस्तरमै सेवा लिन सजिलो होस भनेर शिविरको आयोजना गरिएको र आँखाका विरामीहरुले शिविरमा आएर सेवा लिन समेत आग्रह गरिएको छ ।

Samajik
Bithadchir 2
Loading...