सहसचिव सिँह द्वारा जन्मदिनको अवसरमा अनाथालयलाई खाद्यान्न सहयोग

Image

बझाङ : नेपाली काङ्ग्रेस बङ्गल नगरपालिका सह सचिव, र्वाहारा उत्थान युवा समाज बझाङ जिल्ला अध्यक्ष, एबम योगदान रास्ट्रको लागी अभियान बझाङ जिल्ला अध्यक्ष ललित सिहँ(एल वि ठकुरी)ले अनाथालयका बालबालिकालाई  खाद्यान्न सहयोग गरेका छन् ।

आइतबार आफ्नो जन्मोत्सवका अवसर पारेर जिल्लाको बुङ्गल नगरपालिका -६  झापा स्थित  अनाथालयमा रहेका बालबालिकालाई आफुले १० हजार बराबरको खाद्यान्न सहयोग गरेको नेपाली कांग्रेस बुङ्गल नगरपालिका सहसचिव ललित सिहँले बताए ।

सिहँ लामो समय देखि बिद्यार्थी राजनीति र  सामाजसेवामा सक्रिय छन् । उनी  नेपाल बिद्यार्थी संघका पुर्ब  जिल्ला सदस्य, नेपाल तरुण दल पुर्ब प्रदेश सदस्य, जनज्योति बहुमुखी क्याम्पसका पुर्ब अध्यक्ष, समेत हुन् ।

प्रतिक्रिया जनाउनुहाेस्