बझाङ सिहत सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात, जनजीवन कष्टकर

Image

बैतडी–मंगलबार रातिदेखि परेको अविरल वर्षासँगै बैतडी ,बझाङ सहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ। बुधबार बिहानैदेखि बझाङ, बाजुरा, बैतडी, डडेल्धुरा, डोटी लगायतका जिल्लाका उच्च हिमाली र लेकाली भेगमा हिमपात भइरहेको छ । महाकालइी राजमार्ग दशरथचन्द र भिमदत्त राजमार्ग करि एक फिटसम्म हिउँ जमेको छ । हिमपातका कारण ती क्षेत्रको जनजीवन प्रभावित हुनुका साथै सडक अवरुद्ध भएपछि यातायात मसाधानहरु संचालन गर्न सास्ती भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख आकाश रावलले बताए  । बैतडीमा छोटो तथा लामो दुरीका यातायाताका साधनहरु सञ्चालन गर्न समस्या भएको छ । यस्तै हिमपातका कारण चिसो बढे पछि यहाँको जन जीवन समेत प्रभाबित भएको छ । बैतडीमा मगंलवार रातिदेखि बिद्युत सेवा समेत अवरुद्ध भएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन