नेपाली कांग्रेसको सभापतिका लागि भएको चुनावको मतगणना सुरु भएको छ । सभापतिका लागि भएको चुनावमा २ हजार ६ सय मत गणना सकिएको छ । अहिलेसम्म सभापतिका उम्मेदवार शेरबहादुर देउवाले ९ सय ५८ र डा. शेखर कोइरालाले ७ सय २६ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, प्रकाशमान सिंहले १५३ मत प्राप्त गर्नुभएको छ भने सभापतिका अर्का उम्मेदवार विमलेन्द्र निधिले ११७ र कल्याण गुरुङले ६ मत प्राप्त गर्नुभएको छ। । कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हिजो भएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो ।कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको ५१प्रतिशत बहुमत ल्याउनुपर्छ । त्यसका लागि सभापतिमा जित्न २ हजार ३ सय ४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ । सभापतिका लागि तीन वटा ट्याङ्कीमा मत खसालिएको थियो । ती तीन वटै ट्याङ्की राष्ट्रिय सभागृहमा ल्याएर मतगणना सुरु गरिएको छ ।सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरुको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरुको मतगणना पार्टी कार्यालय सानेपामा हुने पार्टीको निर्वाचन समितिले जनाएको छ ।