आजको पञ्चाङ्ग एवम् राशिफल (१६ मंसिर २०७८ बिहीबार, २०२१) दिसेम्बर २ )

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ हेमन्त ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७८ मार्गशीर्ष १६ गते बिहीबार तद्अनुसार सन् २०२१ दिसेम्बर २ तारिख मार्गशीर्ष कृष्णपक्ष त्रयोदशी तिथि स्वाती नक्षत्र शोभन योग गर करण १ः४८ पर भद्रा करण आनन्दादिमा स्थिर योग चन्द्रमा तुला भ्रमणशील रहनेछ । अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस ।

आजको राशिफल

मेष – परिस्थितिअनुसार चल्न नसक्दा दुःख प्राप्त होला । समयानुसार चल्ने प्रयत्न गर्नुहोला । अरुको भर पर्दा धोका हुन सक्छ । तथापि सहयोगीहरूले लाभ दिलाउन सक्छन् । नयाँ काममा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ ।

वृष – अरुको सुझावको भर नपर्नुहोला । अप्ठ्यारा कामको भार थोपरिएला । हठ गर्ने बानीले अप्ठ्यारोमा पार्न सक्छ । आयआर्जन होला । ऋण रोग र शत्रुसित लड्ने सवालमा मनोबल बढ्ला । यात्रा होला । योजना र बजेट बनाई काम गर्नु उचित होला । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन ।

मिथुन – समय शुभ छ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु उपयुक्त हुनेछ । कमजोरी अनुभूति हुन सक्छ, स्वास्थ्यमा ध्यान राख्नुहोला । धन सम्पत्ति बढ्नेछ । खर्चमा नियन्त्रण आउनेछ । धैर्य र विवेकले काम गर्नु बेस होला ।

कर्कट – अतिथिको रुपमा सत्कार मिल्न सक्छ । रोकिएका काम बन्नेछन् । खर्च तथा व्यस्तता बढ्नेछ । हांसविलासमा रुचि बढ्ला । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । मिठो भोजन मिल्नेछ । कार्यगति बढ्ला । योजना र बजेट बनाइ काम गर्नु हितकर रहला ।

सिंह – ग्रहगोचर लाभदायक र उन्नतिकारक रहला । यात्राको अवसर जुर्नेछ । मिठो भोजन प्राप्त होला । सुख आरोग्यता बढ्ला । उधारो लगानी लगाइएको धन उठ्ला । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । सुख–सुविधासित सम्बन्धित काममा सफलता मिल्नेछ । घरपरिवारसित सम्बन्धित शुभ समाचार मिल्नेछ । विजयश्री प्राप्त होला । रसरागमा रुचि बढ्नेछ ।

कन्या – सानो उपलब्धिका लागि पनि धेरै मिहेनत गर्नुपर्ला । नचिताएको ठाउँमा धन खर्च हुन सक्छ । रोकिएको काम बन्नुँंगै रोकिएको धन उठाउने प्रयत्न गरेमा फलदायक होला । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । प्रेमपात्रसित भेटघाट होला । खेलकूद भ्रमणमा आकर्षण बढ्ला । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्ला ।

तुला – भागदौड बढ्नेछ । शत्रुहरूको चलखेल पनि बढ्न सक्छ । प्रयत्न गर्दा लक्ष्य प्राप्त होला । यात्रा होला । समस्याको समाधान मिल्नेछ । प्रेममा सफलता प्राप्त होला । सन्तानको साथ मिल्नेछ । काम बन्नेछ तर अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु उचित होला ।

वृश्चिक – चिताएका काम बिस्तारै भए पनि पूरा हुनेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रापरक कार्य बन्ला, तर अरुमाथि भर पर्नु उचित हुनेछैन । पुराना साथीले साथ छोडे पनि नयाँ साथी बन्नेछन् । जोखिममा नपर्नु उचित होला ।

धनु – सेवामूलक कामबाट धनलाभ होला । नयाँ योजना कार्यान्वयनमा ल्याउन केही मिहेनत गर्नुपर्ला । साहसिक काम बन्नेछ । लेखन प्रकाशन, कला, साहित्य, लेखन आदिसित सम्बन्धित कार्यमा सफल हुनुहुनेछ । आशा उत्साह बढ्ला । मिठो भोजन मिल्नेछ । मान वृद्धिदायक काम बन्नेछ । साथीभाइको साथ मिल्नेछ । आयात–निर्यातसित सम्बन्धित काम बन्ला । सुख आनन्द मिल्नेछ । पारिवारिक स्थितिमा सुधार हुनेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।

मकर – भाग्य वृद्धि होला । आरोग्यता बढ्ला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । सुखशान्ति मिल्नेछ । मिठो भोजन मिल्नेछ । हांसविलासमा रुचि बढ्ला । मनोकूलको काम बन्नेछ । सभासमारोहमा मान पुरस्कार मिल्नेछ । वार्तामा सफलता प्राप्त होला ।

कुम्भ – आम्दानी बढाउने कार्य होला । सरल जीवनशैलीले धेरैको मन तान्न सकिनेछ । अशुभ समाचार सुन्नुहुनेछ । खेलकूद भ्रमण कार्यमा आकर्षण बढ्नेछ । धनसम्पत्ति बढ्नेछ । आयस्रोत बढ्ला । समस्याको समाधान मिल्नेछ । भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ । सुख सन्तति बढ्नेछ । मित्रमिलन हुनेछ ।

मीन – सामाजिक कार्यले सम्मानित तुल्याउनेछ । खेलकुद भ्रमणमा रुचि बढ्ला । वार्तामा सफलता पाउनु हुनेछ । रसरागमा रुचि रहला । धन सम्पत्ति बढ्नेछ । मिठो भोजन मिल्ला । सुख शान्ति बढ्नेछ । उन्नति पदोन्नति हुनेछ । राजकाज बन्नेछ ।

Loading...