बैतडीमा मोटरसाइकलबाट खसेर महिलाको मृत्यु

बैतडी । बैतडीमा मोटरसाइकलबाट खसेर महिलाको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका ३ गोगनपानीकी ५० बर्षीयालक्ष्मी साउँदको मोटरसाइकलबाट खसेर मृत्यु भएको हो । पञ्चेश्वर गाउँपालिका वडा नं १ का वडा सदस्य परमल घटालले चलाईरहेको सु.प.प्र.०१००३ प २६६१ नम्बरको मोटरसाइकलको पछाडी बसेर पालिकाकै कुलाउबाट आम्चोरा जाने क्रममा खसेर महिला गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धानका भइरहेको प्रहरीले बताएको छ।

Loading...