बुङ्गल नगरपालिकाले ल्यायो  ५९ करोड ७४लाख बजेट

बझाङ : बझाङको बुङ्गल नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ५९ करोड ७४ लाख ६२हजार बराबरको बजेट ल्याएको छ । बिहीबार बसेको सातौ नगरसभामा उपप्रमुख मिना देवि जागरीले आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् ।

नगरपालिकाले अधिकांश रुपमा विगतकै कार्यक्रमहरुलाई निरन्तरता दिएको छ । जसमा कृषि,पर्यटन र पूर्वाधार शिक्षा ,स्वस्थ्य लाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट तयार पारेको उपप्रमुख जाग्रीले बताइन् ।

यस्तै स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नको लागि युवायुवतीहरुका लागि सिपमुलक तालिम कार्यक्रम सञ्चालन गरिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । भने नगरपालिका भित्रका ठुला गौरवका आयोजनाहरु खेलमैदान बाइसधार तिर्थस्थल ,बड्डी ज्यावन ,थान पाटन धउलाढुङ्गा र पुरुमचुली क्षत्रलाई पनि निरन्तरता दिने भऐको छ ।साथै यहीँ आर्थिक बर्षमा मेरो गाउँ मोरो बिद्यालय हातेमालो कार्यक्रम पनि सन्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै कोभीड जस्ता महामारीसंग सामाना गर्नका लागि नगरपालिकामा १५ सैयाको अस्पताललाई निरन्तरता दिदै आवस्यक कार्यक्रम ल्याईने उल्लेख गरिएको छ । नगरपालिकालाई बालविवाहमुक्त नगरपालिका घोषणा गर्नका लागि पहल
गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यस्तै युवा खेलकुदका कार्यक्रमहरु सञ्चालन गरि खेलकुदका लागि दक्ष जनशक्ति उत्पादन गर्ने र नगर भित्रका निर्माणधिन सडक र निर्माण भएका सडकहरुको स्तरउन्नती गरि बाह्रै महिना संञ्चालनमा ल्याईने उल्लेख गरिएको छ । यसैगरी नगरपालिका भित्र इन्टरनेट सेवालाई सुदृढीकरण गर्न समन्वय पहल गरिने भएको छ ।

नगरपालिकाले आगामी आर्थिक बर्षमा पनि बहुक्षेत्रीय पोषण कार्यक्रमलाई पनि नयाँ ढंगबाट प्रभावकारी रुपमा अगाडि बढाउने समेत उल्लेख गरिएको छ । नगरपालिकाले आर्थिक विकास, सामाजिक क्षेत्र, सांस्कृतिक तथा पर्यटन क्षेत्र, वातावरण संरक्षण लगायतका क्षेत्रमा आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गरेको उल्लेख गरिएको छ ।

Loading...