सन्जिता धामी ,बझाङ : – बझाङमा असार १४ गते सम्म निषेधाज्ञा थपिएको छ । आईतवार बसेकाे जिल्ला काेभिड १९ संकट व्यवस्थापन केन्द्रकाे बैठकले असार १४ गते साेमबार राति १२ बजे सम्म थप गर्ने निर्णय गरेको छ । निषेधाज्ञाले संक्रमणदर घटिरहेको र जिल्लामा अहिले जम्मा सक्रिय संक्रमितकाे संख्या २०० भन्दा कम रहेको प्रमुख जिल्ला अधिकारी माेहन अधिकारीले बताए ।
बैठकले निषेधाज्ञामा पहिले भन्दा केही परिमार्जित गरेको छ । अत्यावश्यक कार्यकाे लागि सिट क्षमताको आधा यात्रु राखेर स्वास्थ्य सुरक्षाका मापदण्ड कायम गरि सवारी साधन सञ्चालन गर्ने, बिहान ७ बजे देखि दिउँसो १ बजे सम्म पसल तथा बजार सञ्चालन गर्ने , सरकारि कार्यलयहरुले सेवा प्रवाह तालिका तयार गरि सार्वजनिक सेवा तथा कार्यहरु सञ्चालन गर्ने, बैंक तथा बित्तिय सँस्थाहरु बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म सञ्चालन गर्ने निर्णय गरेको अधिकारीले बताउनु भयाे ।
उहाँका अनुसार लकडाउन समय भित्र अती आवश्यक कामकाे लागि बाहेक सवारी साधन आवत जावत गर्न, दिउँसो १बजे देखि बजार सञ्चालन गर्न, भिडभाड गरि हाेटेल, रेष्टुरेन्ट, पार्टी प्यालेस, लगाएतका भिडभाड हुने व्यवसायहरु सञ्चालन गर्न, धेरै जन्ती बाजा सहित विवाह, ब्तबन्ध, लगाएतका धार्मिक कार्यहरु सञ्चालन गर्न, जात्रा, मेला, पर्व, उत्सव, भेला, जुलुस, सभाहरु गर्न र शिक्षण संस्था सञ्चालन गर्न निषेध गरिएकाे छ ।