बझाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेपछि वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी पाएकि बझाङकी समानुपातिक सांसद वन वातावरण तथा राज्य मन्त्री आशा विकले बिहीबार पदभार ग्रहण गरेकी छिन् । राष्ट्रपति कार्यालयबाट सपथ ग्रहणपश्चात उहाँले सिंहदरवार स्थित वन वातावरण तथा राज्य मन्त्रालयमा पदभार ग्रहण गरेकी हुन् । समानुपातिक सांसद आशा कुमारी विक बझाङ बाट पहिलो महिला मन्त्री बनेकि हुन् ।
पछिल्लो समय सक्रिय राजनीतिमा रहेकि उनी आवाज विहिन जनताका आवाज र समस्या उठाउने मात्र नभइ सम्बोधनका लागि इमानदारीपूर्वक लागि रहेकि छिन् ।
उनी नेकपा एमाले बझाङ बाट केन्द्रीय समानुपातिक सांसद हुन् ।
प्रतिक्रिया जनाउनुहाेस्