बझाङमा बैशाख २० गते बाट एक हप्ताका लागी लकडाउन

Image

बझाङ : कोरोना संक्रमणदर बढ्दै गएपछि बझाङमा पनि एक हप्ताका लागी लकडाउन गर्न डिसिसिएमसीले सिफारिस गरेको छ । जिल्लामा बाहिरबाट आउने क्रम र जथाभावी हिडडुल गर्ने क्रम नरोकिएको भन्दै आज बसेको जिल्ला कोभिड-१९ व्यवस्थापन सञ्चालन केन्द्र (DCCMC) को बैठकले जिल्लाभर लागु हुने गरि २० गते बिहान १ बजेदेखि २६ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

बैठकले खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुहरु पाइने पसल मात्र बिहान ७ देखि ९ बजेसम्म र वेलुका ५ बजेदेखि साँझ ७ बजेसम्म खोल्न दिने, बैंक तथा वित्तिय संस्था हरेक दिन बिहान ७ देखि १० बजेसम्म खोल्न दिने निर्णय गरेको छ । यस्तै मालबाहक ट्रक, एम्बलेन्स, दमकल जस्ता अत्यावश्यक सवारी बाहेक अन्य सवारी साधन चलाउन नपाइने र विकास निर्माणका कार्यहरु स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गर्न दिने निर्णय डिसिसिएमसीले गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताउनुभयो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन