बझाङ : बझाङमा बुधबार परेको असिना पानीले बालीनालीमा क्षति पुर्याएको छ । बुधबार दिउँसो करिब आधा घण्टा परेको असिना पानीले विशेषगरी गहुँ बालीामा असर पुर्याएको हो । असिना पानीले बझाङ सेताम्य भएको थलाराका बहादुर सायरले बताए ।
लामाे समयको खडेरीले धानको बेर्ना राख्न नपाएका किसानलाई बालीको रोग र असिना पानीले झन् मर्कामा पारेको उनले बताए । जिल्लाका धेरै जसो ठाउँमा जेठ र असारसम्म गहुँबाली पाकिसक्छ। बेसी क्षेत्र बढी उत्पादन हुने क्षेत्रका रुपमा पनि लिने गरिएको छ । कतिपय ठाउँमा गहुँ, जहुँ भित्र्याइसकेका छन् भने कतिपय ठाउँ पाक्न बाँकि छ । अन्नबाली,तरकारी,फलफूलमा क्षति पुगेपछि बझाङबासीलाई झन् भोकमरी हुने र आयातित खाद्यान्नमा निर्भर हुनुपर्ने देखिएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्