थलारा गाउँपालिकाको वडा न ९ मा सोलार लिप्टिङ प्राणाली बाट खेतमा  पानी पुर्‍याउन सफल !

कर्ण धामी / बझाङ

जिल्लाको थलारा गाउँपालिका वडा न ९ मा सोलार लिप्टिङ प्राणाली बाट  लिस्टाडा खेतमा पानी पुर्‍याउन सफल भएका छन ।
पालिकाको वडा न ९ सग जोडियको सेती नदि बाट करीब एक सय मिटर उचाईमा रहेको लिस्टाडा  खेतमा पानी पुर्‍याईएको बताईएको छ   ।

बर्सौ देखि करिब दुई हेक्टर  बिगा  जग्गामा सिँचाइको अभावका  कारण बाझो  रहने जमिनमा यो पटक सेती नदिको पानी लिप्टिङ प्राणाली बाट खेतमा आउदा स्थानिय चकित परेका छन ।

स्थानीय तथा नेकपाका नेता लोकेन्द्र बहादुर बिस्टका अनुसार आर्थिक बर्ष २०७६/०७७ अन्तरगत  बैकल्पिक ऊर्जा प्रवदर्धन केन्द्र काठमाडौं को आर्थिक सहयोग, नेपाल ऊर्जा कम्पनी काठमाण्डौको प्राविधिक सहयोगमा  थलारा गाउँपालिका वडा न  ९  लिस्टाडा बगर स्थित   श्री बाठपाला बहुउद्देश्यीय कृषी फर्म मा  जडान गरियो बताए  ।

बाठपाला बहुउद्देश्यीय कृषी फर्मका अध्यक्ष लाल बहादुर बिस्टका अनुसार   बैकल्पिक ऊर्जा प्रवदर्धन केन्द्र काठमाडौं को ७ लाख ६० हजार र बहुउद्देश्यीय कृषी फर्मको तर्फ बाट १ लाख गरेर ८ लाख ६० हजार रुपैयाँ लागतमा लागेको बताउनु  भयो ।
अब बाजो रहेको खेतमा किसानको सिचाइको लागि सहज हुने समेत जानकारी दिए ।

Hohel Kananga
Loading...