बझाङमा आफ्नै विद्यार्थीलाई जवरजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

Image

बझाङ: आफ्नै विद्यार्थीलाई जवरजस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राऊ पर्नेमा जयपृथ्वी नगरपालिका ६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंंह रहेका छन । सिंहले कक्षा ९ मा अध्ययन गर्दै गरेकी गाँउकै १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेका थिए ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आईतबार साँझ शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चैत्र १४ गते एक्लै पानी भर्न धारामा गएको मौका छोपी ग्वानी भन्ने ठाउमा बालीकालाई जबरजस्ती करणी गर्न खोजेको पीडित बालिकाका आफ्न्तले जनाएका छन । पक्राउ परेका शिक्षकलाई प्रहरी हिरासतमा राखेर घटनाको बारेमा थप अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारि लोकेन्द्र सिंह कार्कीले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन