राष्ट्रिय दलित पत्रकार संघको केन्द्रिय उपाध्यक्षमा डडेल्धुराका करन ताम्राकार

Image

डडेल्धुरा:- राष्ट्रिय दलित पत्रकार संघ नेपालको बुटवलमा भएको प्रथम अधिवेशनबाट सुदूरपश्चिमबाट डडेल्धुराका पत्रकार करन ताम्राकार केन्द्रीय उपाध्यक्षमा चयन भएका छन् । सुदूरपश्चिम प्रदेशका प्रेस संगठन सहसंयोजक ताम्राकार संघको खुला केन्द्रीय उपाध्यक्षमा चयन भएका हुन ।

सुदूरपश्चिम बाटै मिलन परिवार पनि केन्द्रीय उपाध्यक्षमा चयन भएका छन् । अधिवेशनले विनोद पहाडीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । पहाडी संघको संस्थापक अध्यक्ष हुन् ।

अधिवेशनले वरिष्ठ उपाध्यक्ष गोपाल बराइली, खुल्ला उपाध्यक्ष मिलन परियार, प्रदेश उपाध्यक्षहरुमा पर्वत पोर्तेल, भोला पासवान, बुद्धि बिश्वकर्मा दीपक परियार, विनोद परियार, टेकेन्द्र बिश्वकर्मा र करन ताम्राकार सर्वसम्मत चयन गरेको छ । महासचिवमा लक्ष्मण दर्नाल सर्वसम्मत भएका छन् भने सचिवहरूमा सन्तोष गन्धर्व, रिता बुढाथोकी, बिरु नेपाली चयन भएका छन् ।

कोषाध्यक्ष भीमबहादुर घिमिरे निर्वाचित भएका छन् । संघमा पदाधिकारीसहित ४१ सदस्यीय केन्द्रिय कमिटी रहेका छन् । त्यस्तै अधिवेशनले ३ सदस्यीय अनुशासन आयोगसमेत गठन गरेको छ । केन्द्रीय सदस्यमा खुल्लातर्फ अम्मर सुनार, राधेश्याम बिक, प्रमिण गजमेर, प्रेम सुनार, सरिता बराइली, मानसिङ बिक, पीवी दियाली, फुलु सुनार, सन्जय सौगात, राजेश सुनाम, वसन्त बिक, भीमबहादुर नेपाली गन्धर्व, राजन गाउले, वसन्त बिश्वकर्मा, किशान संगीत नेपाली चयन भएका छन् ।

महिला सदस्य पूर्णिमा जनला, राधा नेपाली, अनिता कुमारी, सुनिता नेपाली, शान्ति गज्मेर र मालती बिक चयन भएका छन् । नवनिर्वाचित केन्द्रिय समितिलाई निर्वाचन मण्डलका अधिवक्ता मोहनशंकर सुन्दर गहतराज, खिमलाल भुसाल, वरिष्ठ पत्रकार उमिद बागचन, नेपाल पत्रकार महासंंघका केन्द्रिय सचिव रेम बिश्वकर्मा, पत्रकार बिष्णुप्रसाद भुसालले बधाई तथा शुभकामना दिएका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्