समाचारको प्रभाव;– बड्डी ज्यावनका गर्भवति महिला र बालबालिकाले पाए गाँउमै खोप

बझाङ — बझाङको बुङ्गल नगरपालिका वडा नं. ६ मा पर्ने दुर्गम गाउँ बड्डी ज्यावनका गर्भवति महिला र बालबालिकाले गाउँमै खोप पाएका छन् । गत मंसिर २७ गणतन्त्र आवाज डटकमा “स्वास्थ्य केन्द्र नहुदा सामान्ने विरामि हुँदा पनि ६ घण्टा पैदल हिड्नु पर्ने बाध्यता” भनेर प्रकाशित समाचार पढिसकेपछि बड्डी ज्यावन लगाएत बुङ्गल नगरपालिका –७ का दुर्गम गाउँ गल्यक र चिल्ठाका गर्भवति महिला र बालबालिका लाई गाउँमै गएर ओप लागाउन थालिएको बुङ्गल नगरपालिकाका नगरप्रमुख धन बहादुर बिष्टले जानकारी दिए ।

अहिलेनै सबै ठाउँमा खोप केन्द्र स्थापना गर्न नसकिने भए पछि बुङ्गल नगरपालिकाले कार्यपालिकामा निर्यण गरी दुई जना भ्याक्सि नेटर (खोप लगाउने स्वास्थ्यकर्मि) निउत्त गरेर स्वास्थ्य समाग्रीहरु लिई गर्भवति महिला र बालबालिका लाई गाउँमै गएर खोप लगाउन शुरु गरीएको र पछि बिस्तारै खोप केन्द्रनै स्थापना गर्नको लागि पहल गरीरहेको नगर प्रमुख बिष्टको भनाई छ ।

Hohel Kananga
Loading...