प्रचण्ड-नेपाल समूहका नगरप्रमुख ओली समूहमा लागे

कालीकाेट नेकपा प्रचण्ड-नेपाल समूहमा रहेका कालिकोट रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बराल प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागेका छन् । तत्कालीन नेकपा माओवादी केन्द्रबाट नगरप्रमुखमा विजयी भएका बराल नेकपाको ओली समूहमा लागेका हुन् । प्रतिनिधिसभा विघटनपछि प्रचण्ड-नेपाल समूहमा उभिएका बरालले आफ्नो कित्ता परिवर्तन गर्दै नेकपाको ओली समूहमा लागेका हुन् ।

प्रचण्ड-नेपाल पक्षमा रहेका नगर प्रमुख बराल मुलधारमा फर्किएको ओली समूहका केन्द्रीय सदस्य नगेन्द्र शाहीले बताए । ‘उनले भने मेयर बराल पार्टीको मुलधारमा फर्किएका छन ।अरु साथीहरु पनि फर्किने तयारीमा छन । कालिकोटका अधिकांश स्थानीय तहका जनप्रतिनीधि हाम्रो पक्षमा आउने तयारी गरेका छन् ।नगर प्रमुख बरालले ओली समूहमा लागेको स्वीकार गरे । उनले भने मैले टिम बदलेको छु । घोषणा गर्न मात्र  बाँकी छ । यस अघि कालिकोटका ९ वटा स्थानीय तहमध्ये ओली पक्षमा खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डे र महावै गाउँपालिका उपाध्यक्ष मनराज शाही खुलेर लागेका थिए ।

Bungal Purai
Bithadchir 2
Loading...