प्रधानमन्त्री ओलीलाई आफ्नाे पूर्ण साथ रहेकाे लेखराज भट्टको भनाई

Image

काठमाडाै प्रतिनिधिसभा विघटन गरिएपछि विभाजन निकट पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक कलहको असर सबै प्रदेशमा देखा परेको छ । प्रधानमन्त्री केपी ओली र प्रचण्ड माधब समुह आफु निकटका नेतालाई बाेलाएर छलफलमा जुटेका छन । यस्तै बालुवाटारमा भएकाे ओली पक्षका नेताकाे भेलामा नेकपा नेता समेत रहनुभएका मन्त्री भट्टले प्रधानमन्त्री ओलीलाई आफ्नाे पूर्ण साथ रहेकाे घाेषणा गर्नुभयाे । भट्टकाे भनाइ छ – ‘पार्टीको प्रथम अध्यक्ष केपी ओली हाे । त्यसैले यो आन्दोलन र देशलाई अघि बढाउन तथा संविधान कार्यान्वयनका लागि केपी शर्मा ओलीले नेतृत्व गर्नुपर्छ । सरकारले राम्राे काम गर्दा पनि विराेध गरिएकाे भट्टले बताउनुभयाे । सरकारविरुद्ध लाग्नुपर्ने कुनै कारण नभएकाे बताउँदै भट्टले भन्नुभयाे – ‘सरकारकै पक्षमा उभिन म भेलामा सहभागी भएकाे हूँ, म केपी ओलीकै साथमा छु भन्ने प्रष्ट पार्न चाछान्छु ।’

सरकारी निवास बालुवाटारमा जारी बैठकमा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा महासचिव विष्णु पौडेल, नेता सुवासचन्द्र नेम्वाङ, लेखराज भट्ट, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत सहभागी छन् ।भेलामा मन्त्रीहरूसहित ७० भन्दा बढी सांसद र नेताहरू सहभागी छन् । भेलामा पूर्वमाओवादी पृष्ठभूमिका छक्कबहादुर लामा पनि उपस्थित थिए । ओलीपक्षीय भेलामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भने उपस्थित छैनन् ।

प्रतिक्रिया जनाउनुहाेस्