काठमान्डाै; नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वामदेव गौतमले आफू पार्टीको कुनै गुटमा नरहेको बताउनुभएको छ । उहाँले अहिले पनि आफू पार्टी एकताको पक्षमा रहेको बताउनुभएको हो । दाङको तुलसीपुर उपमहानगरपालिकाले आज आयोजना गरेको भेटघाट कार्यक्रममा गौतमले अहिले पार्र्टीा समस्या देखिएको भन्दै त्यो समस्या समाधान गर्न आफू निरन्तर लागिरहेको बताउनुभएको छ ।
‘पार्टी एकता, समृद्ध नेपालदेखि समाजवादको परिकलपना मैले देखेको सपना हो’, उहाँले भन्नुभयो, ‘०६३ सालदेखि म पार्र्टी एकीकरणको पक्षमा रहँदै आएको छु । त्यसैले, अहिले जुटेको पार्टीलाई फुट्न नदिने पक्षमा छु । अाफूले अहिलेसम्म कुनै गुटबन्दी नगरेको दाबी गर्दै उहाँले यतिवेला सबै पार्टी एकताको पक्षमा हुनुपर्ने बताउनुभएको छ ।