बझाङ: जिल्लामा थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा जिल्ला अस्पताल बझाङमा परिक्षण गरिएका ९९ नमुनाहरुमध्ये दुई महिला र ४ जना पुरुषमा कोरोना पोजेटिभ दिखिएको हो भने परिक्षण गरिएका अन्य ९२ जनाको नतिजा नेगेटिभ आएको प्रयोगशालाका इन्चार्ज नरेश खड्काले जानकारी दिए ।
प्रयोगशालाका इन्चार्ज खड्काका अनुसार बुङ्गल नगरपालिकाका ३ जना, तल्कोट गाउँपालिकाका १ जना थलरा गाउँपालिकाका १ जना र छबिसपाथिभेरा गाउँपालिकाका १ जना गरी ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । यो संगै जिल्लाभर कोरोना संक्रमितको संख्या ७ सय ७ पुगेको छ ।