बझाङ : बझाङमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बझाङको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ९६ जनाको कोरोना परीक्षण भएकोमा नयाँ ७ जनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल बझाङले जनाएको छ ।
अस्पतालका प्रयोगशाला इन्चार्ज नरेश खड्काका अनुसार संक्रमणहुनेमा बझाङ को जयपूथ्वी नगरपालिकाका १ जना , बुङ्गल नगरपालिकाका १ जना, केदार स्युँ गाँउपालिकाका १ जना तल्कोट गाउँपालिकाका १ जना र बित्थडचिर गाँउपालिकाका २ महिला र एक पुरुष गरि ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो संगै जिल्ला भर संक्रमितको संख्या ६८० पुगेको छ ।