बुङ्गल नगरपालिकामा भएको स्थायी बन्ध्याकरण शिविर बाट १ सय २३ जना लाभान्वित

Image

बझाङ; जिल्लाको बुङ्गल नगरपालिमा भएको महिला पुरुष स्थायी बन्ध्याकरण,भ्यासेक्टामी शिविर बाट १ सय २३ जना लाभान्वित भएका छन् ।जिल्ला स्वास्थ्य कार्यालय बझाङको आयोजनामा र सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा सञ्चालन गरीएको उक्त शिविरमा ११ जना महिला र १ सय १२ जना पुरुष गरी १२३ जनाले सेवा लिएको छ । बुङ्गल नगरपालीकाको दहबगर स्वास्थ्य चौखीमा संचालन गरीएको शिविरमा २५ जना पुरुष, खिरातडी स्वस्थ्य चौखीमा २३ जना पुरुष र कफलसेरी स्वस्थ्य चौखीमा सबै भन्दा बढी ६४ जना पुरुष र ११ जाना महिला गरी जम्मा १ सय २३जनाले सेवा लिएको बुङ्गल नगरपालिका स्वास्थ्य साखा संयोजक नैन सिहले जानकारी दिए ।

सन्तानको रहर पुगेका र स्थायी बन्धयाकरण ,भ्यासेक्टामी गर्न चाहने दम्पतिको लागि यो कोरोना महामारीका बेला गाँऊमै सेवा पाए पछि सेवाग्राही खुशी भएका छन् । उक्त महिला पुरुष स्थायी बन्ध्याकरण शिविर कार्तिक २३ गते बुङ्गल नगरपालिकाको दहबगर स्वास्थ्य चौकीमा ,२४ गते खिरातडी स्वास्थ्य चौखमा  २५ र २६गते कफलसेरी स्वास्थ्य चौकीमो संञ्चालन भएको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्