बझाङ जिल्ला कारागार बाट एक जना कोरोना संक्रमित कैदि फरार

बझाङ : जिल्ला कारागार बझाङबाट एक जना कोरोना संक्रमित कैदि फरार रहेका छन् । कारागारभित्रको आइसोलेसन कक्षबाट ने क पा विप्लव समूहमा आवद्ध छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ५ प्रविन्द्र धामी भागेका हुन्।

उनी बुधबार बिहान ६ बजेदेखि ६:१५ बजेबीचको समयमा सुरक्षाकर्मीले ड्युटी परिवर्तन गरिरहेको समयमा भागेको जेलर झलक रोकायाले बताए । फरार रहेका धामी गत कात्तिक १५ गते पक्राउ परेका थिए भने कात्तिक १७ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित भागेपछि कोरोना फैलन सक्ने भन्दै उनको खोजी तिव्र बनाएको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ ।

janahit ma jari sandesh
Masta R.M
Loading...